परिवर्तनको मापन हिजो देखिएका/देखाइएका सपना पुरा भए/नभएका आधारमा समयले आज गर्दो रहेछ । समय
परिवर्तनशील छ । देशमा भएका विकास निर्माण नै जनताको निमित्त गौरव गर्ने आधार हुन्छ
। इतिहासको पाना त हाम्रा पुर्खाले निर्माण गरेको गौरव मात्र हो । इतिहास हेरेर मात्र
हामीले दुनियाँको अगाडी दम्भ देखाउन सक्दैनौँ । यत्ति हो इतिहास साक्षी छ, हामीले
चाहे देश निर्माणको काम हाम्रै बलबुतामा आफैले गर्न सक्छौँ । हामीसँग संसारको
रक्षा गर्न सक्ने, संसार निर्माण गर्न सक्ने बलिया पाखुरीहरु छन् । तर पनि हामी
आर्थिक रुपमा बलिया छैनौँ, विकसित छैनौँ । हामीसँग विकासको चाहना छ, विकसित हुने
सपना छ । हामीसँग केबल यस सपनालाई साथ दिने दृढ नेतृत्तव भएन । सक्षम नेतृत्तव छैन
म भन्दिन किनकी यहाँ पुरानो नेतृत्तव विस्थापन गर्न नव नेतृत्तवको एक सय एक विकल्प
तयार हुँदैछन ।
हामी जनताले
गर्ने गर्व एउटा हुने रहेछ, सबल राष्ट्रको नागरिक भएर । नेपाल विकसित नभएको कारणले
नेपालबाट दुई प्रकारका नागरिक विदेश पलायन हुँदैछन् : १. नेपाल छाडेर पहिल्यै सुबिधा
सम्पन्न बनेको युरोप, अमेरिका पुग्न लालायित नागरिक र २. खाडी तथा अन्य राष्ट्रमा
श्रम खर्चन बाध्य नागरिक । केही व्यक्तिको संसार घुम्ने रहरबाहेक अधिकांश
नेपालीलाई विवशताको डोरीले पलायन गरेको तथ्य हामीबाट छुपेको छैन । विदेशबाट
भित्रिएको रेमिटेन्सले जनजीवन सहज त बनाएको छ तर पनि देश निर्माणमा उल्लेख्य योग्दान
पुग्न सकेको छैन । देश निर्माण हुन देशले आफ्ना नागरिकलाई देश निर्माणमा लाग्ने
अवसर दिनु पर्दछ । परिवारको दैनिकी निर्वाहको निमित्त विदेश पलायन हुनुपर्ने अवस्था
देशमा रहेसम्म देश तथा जनताको स्थितिले काँचुली फेर्ने छैन । रोजगारीका अवसर
स्वदेशमा नै प्रदान गर्न कल-कारखाना स्थापना हुनुपर्दछ । हामी हाम्रै देशमा उपभोग
हुने वस्तु जसको उत्पादन आफैँले पर्याप्त रुपमा गर्न सक्दछौँ, त्यसमा नि पछाडी
परेका छौँ । देशमा त सियोसम्म बन्छ भनेर जनताले नै ठान्न छाडिसके । शिक्षा,
स्वास्थ्य, रोजगारीको निमित्त परनिर्भर हुनु पर्ने बाध्यता विडम्बना हो । देशको
आजको स्थितिको जिम्मेवार राजनिति र राजनिति हाँक्ने असक्षम नेतृत्तव हो । राजनितिको
शिर्सान दुसित बनिसकेको छ जहाँबाट अब देश निर्माणको सुत्रपात हुन्छ भनेर विश्वास
गर्न सकिन्न ।
देश
निर्माणको निमित्त अब कर्तव्य परायण राजनितिक नेतृत्तवको आवश्यकता छ । पुरानो नेतृत्तवमा
कर्तव्यपरायणता नभएकाले हामी जनताले लामो समयदेखि उनीहरू माथी चोर औँला उठाएका
थियौँ । उनीहरूले यस कुरालाई गम्भिरतापुर्वक लिएनन । आफ्नो सानो वृतमा रहेकालाई
मात्र जनता देख्ने प्रवृत्ति देखिन थाल्यो । लोकतन्त्रमा नि जनताले सेवक होइन शाषक
नै पाए जसले जनतामाथि शाषन गर्न थाल्यो । जनताले आफ्नो मतले शाषक होइन कि जनताको
सेवक रोज्न पाउनुपर्दछ । आफुमा शासक प्रवृत्ति पालेका नेताले जनता र देशलाई होइन
आफ्नो स्वार्थलाई मात्र महत्व दिएका छन । ठूला पार्टीहरुमा त नयाँ नेतृत्तव
विकासभन्दा नि आफ्नो स्वार्थ अनुकुल हिँड्ने पार्टीपंक्ति निर्माणमा नेतृत्तवका
विभिन्न खेमा जुटेका छन । राम्रा, सक्षम र इमान्दारलाई आफ्नो कित्ताको नभएकै
कारणले अघि बढ्न नदिने रोग फैलिएको छ । अब आवश्यक भएको छ राम्रा, सक्षम र इमान्दार
व्यक्ति जुटेर नयाँ शक्तिको निर्माण गर्ने । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई राष्ट्रिय
स्वार्थको लागी लाग्न प्रतिबद्ध व्यक्तिले निर्माण गर्ने शक्ति नै नयाँ शक्ति
हुन्छ ।
हामी नेपालीलाई,
नेपाल राष्ट्रनिर्माण भए देखि श्रीजित घटनाक्रम तथा वि.सं. १९९७ यताका राजनितिक
घटनाक्रमले निराशाको भारी मात्र बोकाउने कार्य गर्यो । एक व्यक्तिको व्यक्तिगत
विकास र वृत्तिभन्दा नि राष्ट्र निर्माणमा लाग्न र विकसित नेपालको परिकल्पना पुरा
गर्न लाग्ने शक्ति निर्माण नै नयाँ शक्ति निर्माण हो । आजको दिनमा नेपाली राजनितिक
परिवेश नियाल्ने हो भने “विवेकशील नेपाली” त्यस्तो नयाँ शक्तिको रुपमा उदय हुन सक्नेछ
। विवेकशील नेपाली पार्टी नेतृत्वमा संलग्न अधिकांश व्यक्ति आफुमा नै सक्षम (पेशा
वा व्यवसायमा संलग्न) छन् । यस पार्टीको आकर्षण भनेको यस पार्टीले प्रवर्द्धन
गर्दै गरेको राष्ट्रियता हो । “नेपाल हाम्रो घर हो डेरा होइन”, “अहिले नगरे कहिले
गर्ने, हामीले नगरे कसले गर्ने” जस्ता नारा निर्माण तथा त्यी नारा अनुरुपका कार्य
गर्न सक्षम नेतृत्त्व विकासमा लागेको छ ।
अझ अहिले विकास भइरहेको भुमण्डलीकरण (globalization) को युगमा त
हामीजस्तो अविकसित देशका जनता अरु देशले गरेको प्रगति देखेर अतालिन्छौँ र उतातिरै
आकर्षित हुन्छौँ नै । पछिल्ला दशकका जनताले खोक्रो राष्ट्रवादलाई मान्ने छैनन ।
त्यसैले राष्ट्रियताको परिभाषामा बदलाव ल्याउन जरुरी छ । अमेरिकि पूर्व राष्ट्रपति
जोन एफ. केनडीको, देशले होइन देशलाई दिनुपर्छ भन्ने धारणा चर्चित छ । तर पनि जबसम्म
जनताले देशलाई दिने अवसर बन्दैन यो कुरा खोक्रो बन्दछ । देशले जनताबाट केही लिन त
जनतालाई अवसर पनि दिनुपर्यो नि । हो, यही कार्य गर्न राम्रा, सक्षम र इमान्दार
नेतृत्त्व अगाडी बढी नयाँ शक्ति निर्माणको आवश्यकता छ । ठूला पार्टीमा संलग्न राम्रा,
सक्षम र इमान्दार कार्यकर्ताले असक्षम नेतृत्त्वको छायाँबाट हटि सबल नेतृत्त्वको
रुपमा स्थापित हुन नयाँ शक्ति निर्माणतर्फ लाग्नु उचित हुन्छ । पुरानो नेतृत्त्वले
सदासयता राखेर नयाँ नेतृत्त्व निर्माण गर्न तपाईँलाई दिने छाँट आजसम्म त देखाएन ।
आशाको गुलाम भएर किन आफुलाई पार्श्वमा राख्नुहुन्छ ! आउनुहोस देश निर्माणको
महाअभियानलाई नयाँ शक्ति बनाएर नेतृत्त्व गर्नुहोस ।
No comments:
Post a Comment