Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Friday, May 15, 2015

देश दुख्दा

हिमाल दुख्यो
पहाड दुख्यो
दुख्यो सारा देश
सुख हुँदा टाढिएका
दुःख पर्दा जुट्यौँ
सघाउन हिमाल अनि पहाड
तराई एक भई जुट्यो
एक एक मुठी अनाज
जुटाएर दियो
जात धर्म क्षेत्रभन्दा
माथि उठ्यौँ हामी
मानवता विश्वधर्म
यही हामीले सिक्यौँ
पूर्व दुख्दा
पश्चिमलाई पीडा हुँदो र'छ
हिमाल दुख्दा मधेसलाई
असह्य हुँदो र'छ
यसैलाई भनिँदो हो
मानवियताको जालो
राष्ट्रियता जगाउने
आयो है पालो
बिर्साउन पीडाहरू
सद्भावनाको मलम बोकि हिँड
द्वेष जाल घृणालाई
जरैदेखि गिँड




No comments: