Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Sunday, September 13, 2015

विकास अनि हाम्रो मानसिकता

मानिसको मन भित्र यस्ता तत्व हुन्छन जसले एउटा सुन्दर स्वर्गीय संसार निर्माण गर्न मार्गदर्शन गर्न नि सक्छ क्षणभरमा तहसनहस गराउन समेत। कुनै ठूलो आदर्शको कुरा गर्न लागिरहेको छैन। केवल सानो कुरा गर्दैछु। हामीले सानै सोच दिमागमा राख्न सके हामी बदलिने थियौँ। मैले हामी रहेको सामाजिक अवस्थिति थोरै भए नि आकलन गर्न सक्छु लाग्छ। समाजको हित नचाहने को होला यहाँ ! यहाँ समाजको उन्नति हुन नसक्नु नै चिन्ताको विषय पाउँछु चियागफ देखि नीति निर्माण तहसम्म। तर यहाँ सब अरूको मुख नै ताक्छन।

मलाई अझ नि याद पुष्षकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा उनले भावावेषमा नै सही, बोलेका थिए " हामी ठूलाठूला महल बनाउन सक्छौं तर तेही महल अगाडि बाटोमा परेको खाडल पुर्न सक्दैनौं सरकारकै मुख ताक्छौँ "। यो मानसिकता व्यक्ति-व्यक्तिमा मात्र रहेको होइन रहेछ यो हाम्रो सामाजिक चरित्र बनेको रहेछ। यस्ता काम एउटा व्यक्तिले निजि लगानीमा गर्न नसक्ला वा गर्न नचाहला। तर संस्थागत रूपमा गर्न मुस्किल नहोला।

आफ्नो कामको सिलसिलामा प्राय हिँड्ने बाटोमा पर्छ "नेशनल ट्रेडिङ लिमिटेड" नेशनल ट्रेडिङ लिमिटेडको भवनभन्दा उत्तरमा कालिमाटी-त्रिपुरेश्वर सडक पर्दछ। २०७२ वैशाख १२ को भुकम्पले पर्खाल ढाल्नु अगाडि तेहाँ साँघुरो फुटपाथ बसस्टप रहेको याद मलाई। भुकम्पले पर्खाल ढालेपछि केही दिन अघि तेहाँ नेशनल ट्रेडिङले पर्खाल उभ्यायो। अहिले पक्का पनि तेहाँ केही फराकिलो फुटपाथ बनेको छ। यसबाट के आकलन गर्न सकिन्छ भने नेपालमा सडक मिचेर घरपर्खाल बनाउने काम व्यक्तिले मात्र होइन सरकारी निकाय संस्थानले नि गरेका रहेछन्

अर्को कुरा यसैसँग जोड्न चाहन्छु। नेश्नल ट्रेडिङले पर्खाल उभ्याइसक्यो। उसको काम सम्पन्न भएको केही हप्ता भइसक्यो। अब यहाँ माथिको कुरा एकपटक फेरि दोहोर्याउँछु "... मानसिकता व्यक्ति-व्यक्तिमा मात्र रहेको होइन रहेछ यो हाम्रो सामाजिक चरित्र बनेको रहेछ" हो तेहाँ मैले तेही देखिरहेछु। उसले आफ्नो पर्खाल खडा गर्यो तर फुटपाथलाई अव्यवस्थित छाडिदियो। फुटपाथमा कतै ईँटाढुङ्गा छरपस्ट छन कतै माटोको थुप्रो अनि कतै पानी जम्ने खाडल। व्यक्तिको घरको पर्खाल ढलेर बनाइसकेको भए पनि उसले अलिकति भए नि बाटोमा हिँड्ने मान्छेको सहजता सोच्थ्यो होला तर नेशनल ट्रेडिङ लिमिटेडले सोचेको पाइएन। एक उसको पर्खाल सँगैको फुटपाथ हो अर्को तेही ठाउँ बसस्टप हो। दिनरात कयौँ मानिस आवतजावत गर्ने मार्ग गाडी कुर्ने ठाउँको बारेमा सोच्ने फुर्सद उसलाई भएन क्यार। वा उसले फुटपाथ व्यवस्थित बनाउने जिम्मेवारी सडक विभागको हो भनी सम्झ्यो। उसले राम्रो फुटपाथ बनाइदिनु पर्ने थिएन बरू सहज रूपमा हिँड्न मिलोस् भनेर एकदुई दिन काम गराउनु पर्थ्यो। तेत्रो निर्माण भएको ठाउँमा दुईजना ज्यामीको दुई दिनको ज्याला ठूलो कुरो थिएन। मात्र विकासप्रतिको मानसिकता कमजोर बनिदियो। नेशनल ट्रेडिङले समाजको विकासप्रतिको मानसिकता बोक्छ किनकी तेहाँ समाजको बलियो प्रतिनिधित्व छ। जब नेशनल ट्रेडिङ जस्ता संस्थानले जनताको सहजता सोच्दैन कुनै एक व्यक्तिबाट के आशा राख्नु !


ठूलो विकास निर्माण गर्न ठूलै लगानी चाहिन्छ तर थोरै भए नि सहजता हामीले विकास/आर्जन गर्न सक्छौँ। हामीले हाम्रो मानसिकतालाई थोरै भए नि परिवर्तन गरौँ समाजमा विकासको नयाँ आयाम ल्याअौँ। नेशनल ट्रेडिङ जस्ता सरकारी, निजी संस्था सँग मात्र होइन सक्षम व्यक्तिहरूलाई नि मेरो आग्रह छ। विश्वास , हामी सबै सक्षम छौँ

No comments: