Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Monday, July 13, 2015

दिल्ली फ्लू Delhi Flu

 Delhi Flu अझ Delhi Flew भन्दा रोगको पहिचान राम्ररी हुन्छ । दिल्ली फ्लू नितान्त राजनितिक गुण भएको कुरा हो । यो असाध्य रोग मानिएको कुरा जानकारहरू बताउँछन् । दिल्ली फ्लू कुन मौसममा लाग्छ भन्नै सकिन्न किनकी यो राजनितीक चरित्र बोकेको जिनिस हो । राजनितिक तापक्रम तलमाथि हुनासाथ यो रोग देखा पर्दछ ।

दिल्ली फ्लुको लक्षण:

  • नेपालमा सरकार परिवर्तन होला कि जसो हुनु ।
  • दुर्गामी असर पार्ने राष्ट्रिय महत्वको कार्य अगाडि बढ्न खोज्नु र सबैको स्वार्थ दस दिशातर्फ फर्कनु ।
  • तारान्तार लैनचौर दुतावास धाउन पर्नु ।
  • जटिल हुँदै जाँदा दिल्लि दौडाहा चल्नु ।
  • अब केही बाँकी रहेन प्रभुको अनुकम्पाले मात्र बचाउँछ भन्ने लाग्नु ।
  • राष्ट्रियता र स्वाभिमानको सुख्खा खोकी लाग्नु ।


समाधान :
असाध्य रोग मानिए पनि दिल्लि फ्लू समाधान विहिन रोग होइन । यस रोगको समाधान गर्न आफ्नै जनताको चाहना अनुसार चल्नु पर्दछ । वादे वादे तत्व ज्ञान भन्ने कुरालाई मनन गर्न सके विवाद छताछुल्ल हुन्न र दिल्लि फ्लू लाग्ने सम्भावना कम हुन्छ ।

No comments: