सहरबाट टाढा
एक गाऊँ थियो । गाऊँ सार्है विपन्न थियो । गाउँलेहरुको जिविका नि निकै कठिन थियो ।
सरकार भन्ने चरा मुसा कसैको उपस्थिति थिएन त्यहाँ । सरकारले आफनो उपस्थिति बनाउन
गाउँलेका दुत लाने निर्णय लिएछ । गाउँमा केही टाठा-बाठाको बसोबास थियो । उनीहरुले
जाने सरकारले गाउँलेका पीर मर्का आफूसम्म ल्याउन दुत राखदैछ । र, त्यस्ता दुतहरू
गाउँलेहरुले नै चुन्न पाउने व्यवस्था गरिएको छ । तर त्यी निमुखा जनतालाई थाहा थिएन
राज्यले दुतलाई नै मुख बनाई गाउँलेका कुराहरू सुन्छ । त्यही कुराको फाइदा उठाउँदै टाठा-बाठाहरुले
आफ्नो दुनो सोझ्याउन अघि सरे । गाउँलेहरुलाई फकाए, प्रभावमा पारे र गाउँलेका दुत
बनेर सहर गए । केहि वर्ष उनीहरु गाउँमा नै देखा परेनन् । जब उनीहरु देखा परे,
गाउँमा उनीहरुको रवाफ फैलियो । गाउँलेको भन्दा नि स्वयंको भलाई गरेछन । निमुखा
गाउँले त निमुखा नै बनेछन । उनीहरुले त गाउँलेहरुलाई आफ्नो स्वार्थ उक्लने भर्याँग
मात्र बनाएछन् ।
No comments:
Post a Comment