माध्यमिक शिक्षाको अन्तिम खुड्किलो एस्.एल.सी. परीक्षा सुरू भएको छ । शिक्षा पद्धतिमा निकै बदलाव आइसक्दा पनि १०-१५ वर्ष अघि जति कठिन रूपमा यस परिक्षालाई लिइन्थ्यो आज पनि त्यसरी नै लिइँदै छ । विद्यार्थीको पक्षमा सहज हिसाबले परिक्षा सञ्चालन हुन थालेको निकै समय भयो । तर एस्.एल.सी. लाई किन अझै हाउगुजी बनाई प्रचार र व्यवहार गरिन्छ ? एस्. एल. सी. परिक्षाको महत्त्व बढाउन काम भएको महशुस सम्म हुन सकेको छैन । बरू, विद्युत प्राधिकरणले परीक्षा समयमा व्याप्त लोडसेडिङमा केही समय घटाई एस्.एल.सी.को महत्त्व दर्शाउन भन्दा नि हाउगुजी बढाउने काममा सघाएको छ ।
कुनै परिक्षाको हाउगुजीभन्दा नि महत्त्व जगाउनु आवश्यक रहन्छ । विगत केही वर्षदेखि बदलिइरहेको शिक्षा नितिले माध्यमिक तहको शिक्षालाई सहज बनाउँदै गएको छ । मिहिनेती विद्यार्थीको मिहिनेतमा त कुनै कमी आउँदैन तर बाबुआमाको अगाडि झारो टार्ने हिसाबले पढ्ने विद्यार्थीहरू त सहजै पास हुन्छ भनेर पढाइमा मिहिनेत नगर्न सक्छन । यसरी सोच्ने हो भने पछिल्ला वर्षहरूमा उत्तीर्ण प्रतिशत बढिरहेको छ,
तर समग्र शिक्षाको गुणस्तरीयतामा ह्राश आइरहेको छ ।
वैज्ञानिक शिक्षा नीति अवलम्बन गर्ने नाममा शिक्षाको गुणस्तरीयता,
व्यावसायिकता,
व्यवहारिकतामा कत्तिको ध्यान दिइएको छ त
? मननयोग्य प्रश्न आज पनि उठिरहेछ । व्यावसायिक सिप सिकाउने/पढाउने टि-एस्.एल.सी.लाई पर्याप्त ठाऊँ दिएर विकास गरिए केही परिवर्तन आउँथ्यो कि ! होइन भने गुणस्तरहीन शैक्षिक उत्पादन गरेर न विद्यार्थीको भलो हुन्छ न त राष्ट्रको नै । राष्ट्र निर्माणको अभिभारा सक्षम व्यक्तिले मात्र सम्हाल्न सक्छ । सक्षम व्यक्ति/जनशक्तिको कालीगढी गुणस्तरीय, व्यावसायिक र वैज्ञानिक शिक्षाले मात्र गर्न सक्दछ । आगामी वर्षहरूमा एस्.एल.सी.को महत्त्व बढोस र परिक्षाको हाउगुजी घटोस् ।
एस्.एल.सी.को महत्त्व बढाउने कि परिक्षाको हाउगुजी मात्र बढाउने शिक्षा नितिनिर्माताको हातमा छ ।
No comments:
Post a Comment