Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Tuesday, March 31, 2015

केही मुक्तक

समयको माग कस्तो
समाजको चाह कस्तो
हाँसीरहूँ बोलीरहूँ
हुनेरै' यो  सस्तो

मेटिएर जान सक्छु कोरिएको धर्को हुँ
देखाउन सान तिम्रो पछि लाउने लर्को हुँ
माटो बनी जान एकदिन भएकोछु तयार
नबुझे नि धेरै कुरा थोरै जीवन बुझ्ने हुँ

 बाँच्ने चाहलाई मार्न नआइजो मनलाई भन्दछु
रहरको भारी बोक्ने भरिया नबन उसलाई भन्दछु
सुन्यो सुनेन उसले, कसले घाँटी थिच्छ जीवनको ?
फेरि भोक लाग्दछ पुगेर अघाउँदा नि भन्दछु

बोक्रो रहेछ भावना उक्काउन खोज्दै छु
खोक्रो रहेछ जीन्दगी गुदी भर्न खोज्दै छु
भन्ने गर्छन जीन्दगीलाई डोर्याउने आफैंले हो
धोक्रो रहेछ रहर सक्दो भर्न खोज्दै छु

No comments: