समयको माग कस्तो
समाजको चाह कस्तो
हाँसीरहूँ बोलीरहूँ
हुनेरै'छ यो त सस्तो
मेटिएर जान सक्छु कोरिएको धर्को हुँ म
देखाउन सान तिम्रो पछि लाउने लर्को हुँ म
माटो बनी जान एकदिन भएकोछु म त तयार
नबुझे नि धेरै कुरा थोरै जीवन बुझ्ने हुँ म ।
बाँच्ने चाहलाई मार्न नआइजो मनलाई भन्दछु
रहरको भारी बोक्ने भरिया नबन उसलाई भन्दछु
सुन्यो सुनेन उसले,
कसले घाँटी थिच्छ जीवनको
?
फेरि भोक लाग्दछ पुगेर अघाउँदा नि भन्दछु ।
बोक्रो रहेछ भावना उक्काउन खोज्दै छु म
खोक्रो रहेछ जीन्दगी गुदी भर्न खोज्दै छु म
भन्ने गर्छन जीन्दगीलाई डोर्याउने आफैंले हो
धोक्रो रहेछ रहर सक्दो भर्न खोज्दै छु म
No comments:
Post a Comment