हरेक वर्षझैँ
फेरिनेछ यसपाली नि
भित्ताको पात्रो
सुचना दिँदै समय परिवर्तनको
समयको गतिशीलताको
म मख्ख परेर हेर्नेेछु
नयाँ विहानीको नयाँ किरण
सोच्नेछु समय फेरि दोहोरिएछ
पोहोरजस्तै नयाँ भएर
पोहोर नै त हो नि
मैले भित्तामा नयाँ पात्रो झुन्डाएको
केही दिन त नयाँ वर्षको उमङ्ग
भित्ताको पात्रोको नयाँ पत्ताजस्तो
चहकिलो थियो
त्यसपछि खै के भयो
विस्तारै मलिन हुन थाले रहरहरू
मैलिँदै गएको
नयाँ पुस्तकको गाताजस्तो
नयाँ वर्ष मनाएको केही दिनमा नै
गणना गर्न थाल्नेछु
हिसाबमा राख्न थाल्नेछु
सार्वजनिक विदा अनि चाडपर्वको
ममा मेटिएको हुन्न होला रहर
खाली बस्ने विनाकामको
प्रतिक्षारत रहुन्छु
फेरि रोमाञ्चित हुँने
अरु एक एक अवसरको
दगुरिरहेको समयसँग
आड लागेर हिँडे नि
बन्न चाहन्छु बसको यात्रीजस्तो
दगुरिरहन्छ बस
र म चिहाइरहन्छु
अनेक आयाम परिवेशको
"नयाँ" शब्द उस्तो
कि हो हाम्रो मनस्थिति ?
नयाँ सुन्दा उत्साहित हुने मन
पछि कहाँ हराउँछ
आउन त प्रत्येक पल नयाँ भएर आउँछ
प्रत्येक घडी र दिन
नयाँ नै भएर आउँछन्
तर पनि पल्टिएको पात्रोको पाना
फेरिएको भित्तेपात्रो मात्र
किन हामीलाई लाग्छन् नयाँ ?
फेरिनेछ यसपाली नि
भित्ताको पात्रो
सुचना दिँदै समय परिवर्तनको
समयको गतिशीलताको
म मख्ख परेर हेर्नेेछु
नयाँ विहानीको नयाँ किरण
सोच्नेछु समय फेरि दोहोरिएछ
पोहोरजस्तै नयाँ भएर
पोहोर नै त हो नि
मैले भित्तामा नयाँ पात्रो झुन्डाएको
केही दिन त नयाँ वर्षको उमङ्ग
भित्ताको पात्रोको नयाँ पत्ताजस्तो
चहकिलो थियो
त्यसपछि खै के भयो
विस्तारै मलिन हुन थाले रहरहरू
मैलिँदै गएको
नयाँ पुस्तकको गाताजस्तो
नयाँ वर्ष मनाएको केही दिनमा नै
गणना गर्न थाल्नेछु
हिसाबमा राख्न थाल्नेछु
सार्वजनिक विदा अनि चाडपर्वको
ममा मेटिएको हुन्न होला रहर
खाली बस्ने विनाकामको
प्रतिक्षारत रहुन्छु
फेरि रोमाञ्चित हुँने
अरु एक एक अवसरको
दगुरिरहेको समयसँग
आड लागेर हिँडे नि
बन्न चाहन्छु बसको यात्रीजस्तो
दगुरिरहन्छ बस
र म चिहाइरहन्छु
अनेक आयाम परिवेशको
"नयाँ" शब्द उस्तो
कि हो हाम्रो मनस्थिति ?
नयाँ सुन्दा उत्साहित हुने मन
पछि कहाँ हराउँछ
आउन त प्रत्येक पल नयाँ भएर आउँछ
प्रत्येक घडी र दिन
नयाँ नै भएर आउँछन्
तर पनि पल्टिएको पात्रोको पाना
फेरिएको भित्तेपात्रो मात्र
किन हामीलाई लाग्छन् नयाँ ?
No comments:
Post a Comment