Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Sunday, February 21, 2021

मन

मान्छेको मन पनि
जुन जस्तो
आकार बदलीरहने
चमक फेरिइरहने

तेसैले त
तिमी फेरिन्छौ
तेसैले त म फेरिन्छु
पलपल हामी फेरिइरहन्छौँ ।

Friday, February 5, 2021

उकुसमुकुस

चिच्याउन मन लाग्छ
कराउन मन लाग्छ
तर
यी सब गर्न नसक्ने
यो कस्तो परिस्थिति ??
भित्रभित्रै उकुसमुकुस
यो कस्तो एेठन ??

Tuesday, February 2, 2021

हार



सधैँ हारिरहेको मान्छेले
जित्नै जानेन नभन
उसले हार्न बाँकी
नहोला केही सायदै
एक मुठ्ठी हिम्मत बाहेक
तेही हिम्मतले  जेनतेन
उ जितिरहेको हुन्छ 
हारले आहत मन


Tuesday, January 26, 2021

खोला बग्न देउ

खोला बनि बगिरहेको उसलाइ
कोही कुलोमा हिँडाउँन खोज्छन्
कोही नहरमा हिँड भन्छन्
कोही जमाउन चाहन्छन् उसलाइ
एउटा पोखरीमा
खोला भइ बग्नुलाइ
बरालिनु हो भनि सुनाउँछन्

Tuesday, June 23, 2020

विभेद



उसले प्यार गर्छ
आफूलाई
आफ्नो परिवारलाई
आफ्नो जातलाई
आफ्नो धर्म र संस्कृतिलाई

विभेद सुरू हुने
यस कारण होइन कि
उसले प्यार गर्छ

विभेद तब सुरू हुन्छ
जब उसले घृणा गर्छ
अरूलाई
अर्काको परिवारलाई
अर्काको जातलाई
अर्का धर्म र संस्कृतिलाई
अर्काको भुगोल
र अर्काको अस्तित्वलाई

२०७७.०३.०९