म आनन्दको निद्राको पर्खाईमा थिएँ। निद्रा मेरो साथमा आउनै मानिरहेको थिएन। म ओल्टन्थे, पल्टन्थेँ घरि यता घरि उता छटपटाइरहन्थेँ। मनमा एक प्रकारको छटपटी थियो, सायद निद्रा छटपटिएको मनले धकेल्दै थियो। साँझ म घर फर्कँदै थिएँ बाटामा याचना साथ एक जोर हात फैलाएर बसेकी एक बुढी आमा थिइन्। उनी याचना गर्दै थिइन् केही आर्थिक सहयोगको। उनी आफ्नो छोराको उपचारको निम्ति सानो सहयोग खोज्दै थिइन। दुर गाउँबाट आएकी उनी छोराको कानको अपरेसनको लागि केही हजार जुटाउन सहयोग माग्दै रहिछन्। म बिचल्लीत भएँ, गोजीमा हात छिराएँ बचेको २० रूपैयाँको नोट रहेछ। तेही उनको हातमा राखिदिएँ र अघि बढेँ, अरू के नै गर्नसक्थेँ र ! खुइया ! सुस्केरा हाल्दै मनमा एउटा मात्र कुरा आयो 'सरकारले गरिदिने भनेको सामाजिक सुरक्षा यही हो त ? जहाँ हरेक दिन केही हजारको लागि मानिसहरू दुनियाँसँग हात पसार्न बाध्य छन।'
No comments:
Post a Comment