Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Saturday, November 22, 2014

लघुकथा

संयोगले नै भन्नुपर्छ उनको र मेरो भेट भयो हाम्रा सङ्घर्षका दिनहरुमा । उनको र मेरो पृष्ठभूमि फरक थियो तर सपनाप्रतिको लगाव समान थियो । यही लगावले हामी नजिकियौँ, प्रितमा गासियौँ । हामीले एकअर्कालाई होस्टेमा हैँसे दिन कुनै कसर बाँकी राखेनौँ । एकअर्कालाई प्रोत्साहित गरिरह्यौँ । हामीले कर्मप्राप्तिको लागी गरेको मिहिनेतले हामीलाई सफलता दिलायो । यतिन्जेलसम्म हाम्रो सम्बन्ध पनि निकै झाङ्गिसकेको थियो । हामी वैवाहिक जीवनमा प्रवेश गर्यौँ, अझ साथसाथ अगाडी बढ्ने सङ्कल्पका साथ । हामी बिहान उठ्थ्यौँ मिलिजुली खाना बनाउँथ्यौँ, खान्थ्यौँ र आआफ्ना कार्यस्थल जान्थ्यौँ । बेलुकी घर फिरेपछि मिलजुली घरको काम गर्थ्यौँ । दिन एकनास रहेनन् । उनीले आफू बाँधिएको महशुश गर्न थालिन । बिस्तारै सम्बन्धमा दरार आउन थाल्यो । घरमा सुखसयल भित्रिँदै थियो भने खुसी र शान्ति क्रमश: बाहिरिँदै थियो । सँगै रहेको केही वर्ष नहुँदै उनले छुट्टीने निर्णय लिइन । कैयौँ प्रयास गर्दा नि मैले रोक्न सकिँन । दु:खका दिनमा हामी सँगै रह्यौँ तर सुखका दिनमा छुट्नुपर्दा मन भक्कानियो । केहि दिन त्यतिकै बिते । मैले आफूलाई उनीबिना अपूर्ण हुँदै गएको पाएँ । म उनीकहाँ पटक पटक पुगेँ, विगतलाई फर्केर हेर्यौँ, एकआपसलाई केलायौँ । हामीले हामीमा रहेका कमजोरी पहिलायौँ । सक्ने जति कमजोरी हटाउने प्रण गरेपछि उनी घर फर्कन राजी भइन । फर्किइन । फेरि घरमा खुसी फर्किएको छ । हामीले हाम्रा कमजोरी निमिट्यन्न पार्न त सकेका छैनौँ तर त्यी कमजोरीले हाम्रो सम्बन्ध विस्तारमा विशेष भूमिका खेल्दै गरेको महशुश गर्दै छौँ ।

No comments: