संयोगले नै
भन्नुपर्छ उनको र मेरो भेट भयो हाम्रा सङ्घर्षका दिनहरुमा । उनको र मेरो पृष्ठभूमि
फरक थियो तर सपनाप्रतिको लगाव समान थियो । यही लगावले हामी नजिकियौँ, प्रितमा
गासियौँ । हामीले एकअर्कालाई होस्टेमा हैँसे दिन कुनै कसर बाँकी राखेनौँ ।
एकअर्कालाई प्रोत्साहित गरिरह्यौँ । हामीले कर्मप्राप्तिको लागी गरेको मिहिनेतले
हामीलाई सफलता दिलायो । यतिन्जेलसम्म हाम्रो सम्बन्ध पनि निकै झाङ्गिसकेको थियो ।
हामी वैवाहिक जीवनमा प्रवेश गर्यौँ, अझ साथसाथ अगाडी बढ्ने सङ्कल्पका साथ । हामी
बिहान उठ्थ्यौँ मिलिजुली खाना बनाउँथ्यौँ, खान्थ्यौँ र आआफ्ना कार्यस्थल जान्थ्यौँ
। बेलुकी घर फिरेपछि मिलजुली घरको काम गर्थ्यौँ । दिन एकनास रहेनन् । उनीले आफू
बाँधिएको महशुश गर्न थालिन । बिस्तारै सम्बन्धमा दरार आउन थाल्यो । घरमा सुखसयल
भित्रिँदै थियो भने खुसी र शान्ति क्रमश: बाहिरिँदै थियो । सँगै रहेको केही वर्ष
नहुँदै उनले छुट्टीने निर्णय लिइन । कैयौँ प्रयास गर्दा नि मैले रोक्न सकिँन । दु:खका
दिनमा हामी सँगै रह्यौँ तर सुखका दिनमा छुट्नुपर्दा मन भक्कानियो । केहि दिन
त्यतिकै बिते । मैले आफूलाई उनीबिना अपूर्ण हुँदै गएको पाएँ । म उनीकहाँ पटक पटक
पुगेँ, विगतलाई फर्केर हेर्यौँ, एकआपसलाई केलायौँ । हामीले हामीमा रहेका कमजोरी
पहिलायौँ । सक्ने जति कमजोरी हटाउने प्रण गरेपछि उनी घर फर्कन राजी भइन । फर्किइन
। फेरि घरमा खुसी फर्किएको छ । हामीले हाम्रा कमजोरी निमिट्यन्न पार्न त सकेका
छैनौँ तर त्यी कमजोरीले हाम्रो सम्बन्ध विस्तारमा विशेष भूमिका खेल्दै गरेको महशुश
गर्दै छौँ ।
No comments:
Post a Comment