बिहानीदेखि नै ऊ बेचैन थियो । उसलाई धेरै काम सक्नु थियो । जिन्दगीमा सुखी हुन धेरै अाधार बनाउनु थियो । ऊ हतार हतार केही गाँस टिपेर दौडधुपमा निस्कन्छ । कति ठाउँ पुग्यो कति काम गर्यो कतिसँग झुक्यो गनेर साध्य छैन । केही कुराले खुसी दिन्थ्यो काम बने जस्तो भएर । कहिले केही काम नबन्दा केही क्षण टिठ लाग्दो हुन्थ्यो । कतिले हेयले हेर्थे, कतिले सम्मुख देख्दा बिच्किन्थे । कति कुराले थिचिएर उसको टाउको भारी भएको छ। उसको ज्यान धेरैतिर दुःखेको छ । लखतरान ऊ, घर फर्किन बस चढ्छ । उफ् जाम ! अझ उभिनुपर्ने, दिक्क मान्छ ऊ । केही क्षणमा सिट पाउँछ, बस्छ । जाममा गाडीले हल्लाउँदै गर्दा झुपुझुपु भएको उसले मिठो निद्रा पाउँछ । अघिसम्म उसको दिमागभरी अटेसमटेस चिन्ताका रेसाहरू मेटिएको छ, सानो आनन्दले ।
जिन्दगीको सुख त निष्फिक्री आनन्द लिन सक्नुमा रहेछ ।
No comments:
Post a Comment